My Opinion

 

खै कहाँ छौ शान्ती तिमी
उजेलिमा छौ कि अधेरिमा तिमी
कि पर्यौ अन्धकार भुमरिमा
कि लुक्यौ अनकनटार जङलमा

भिजी रहेछ आमाका परेलिहरु
पोती रहेछ अर्धाङगिनिका सिउदोहरु
खोजी रहेछ बाबा आमा
साना टुहुरा नानीहरु आंशुका थोपामा

खै कहाँ छौ शान्ती तिमी
भिजी सके कयौंका फरियार सिरानी
पोती सके रगतले नेपाली भुमी
बम र बारुदको आवाज सँगै
कता गयौं शान्ती तिमी

कि लुक्यौं अनकन्टार जङलमा
आऊ शान्ती तिमी सबैलाई शान्तपारी
बम र बारुदको सट्टा हर्स र उमङगल्याइ
शान्ती प्रेमी राजा विरेन्द्रको शान्ती क्षेत्र बनाइ
निस्की आऊ अन्धकार बाट शान्ती तिमी
रचना मिती २०६१ -६ -६
अन्जान 

 




Post a Comment

Previous Post Next Post