मेरो गीत

  

 

 
आउहै सोल्टिनी देउराली डांडैमा
पर्खि बसौउला देउराली पाखैमा

देउरालीको गोरेटोमा संगै हिडौंला
प्रितीको फुल रोपौंला देउराली डांडैमा

खहरे खोला संगै वनपाखामा
कोइलिको मधुर स्वरमा प्रितीको गीत गाउला
देउराली पाखैमा

सुनपाती चाडाएर देउराली साथ राखेर
अमर माया लाउला जुनीजुनी संगै बिताउला

आउहै सोल्टिनी देउराली डांडैमा
पर्खि बसौला देउराली पाखैमा

रचना मिती २०६० -९ -२०
तुलसी (अन्जान)

Post a Comment

Previous Post Next Post